गृह मन्त्रालयद्वारा एसपी उप्रेतीको राजीनामा स्वीकृत

फागुन ३, काठमाडौँ ।  महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयले उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । 

उप्रेतीले आइतबार बढुवामा चलखेल भएको र आफ्नो नाम नपरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले राजीनामा गृह मन्त्रालयमा पठाएको थियो। 

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले गत शनिबार १४ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस सूची प्रकाशित गरेको थियो। उप्रेती बढुवामा सिफारिस भएका थिएनन्। आफूभन्दा कनिष्ठलाई सिफारिस गरी आफ्नो नाम सिफारिस नभएको भन्दै उनले राजीनामा दिएका थिए। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *