भजनबाट सुरु हुन्छ रणवीर सिंहको दिन

माघ २५, काठमाडौँ । दीपिका पादुकोणसँग आफ्नो नयाँ जिन्दगी सुरु गरेका रणवीर सिंह एकदमै खुशी छन् । उनी चाहन्छन्, उनको जिन्दगी सधैं यस्तै प्रेमले भरिपूर्ण होस् । 

दीपिकाले आफ्नो निकै ख्याल राख्ने गरेकाे रणवीर बताउँछन् । ‘नास्ता नखाइ घरबाट निस्कन दिन्नन् दीपिका । उनी मेरो लागि सधैँ एक स्पेशल खाना बनाउँछिन्, जुन मलाई निकै मनपर्छ ।’ 

रणवीरको फेसन स्टेटमेन्टको बारेमा पनि दीपिका चासो दिन्छिन् । रणवीरले भजन सुनेर आफ्नो दिनको सुरुवात हुने बताए । उनी भजन सुनेपछि मात्रै अन्य गीतहरु सुन्ने गर्छन् । 

null

 

रणवीर र दीपिकाकाे म्यूजिक च्वाइस फरक छ । रणवीरकाे कुनै म्यूजिक कलेक्सन यस्तो छ, जुन दीपिकाले कहिल्यै सुनेकी छैनन् । सुन्दिनन् पनि । दीपिका मेलोडियस गीत सुन्न मन पराउँछिन् । दीपिकालाई मन पर्ने हरेक गीत सुन्ने गरेको रणवीर बताउँछन् । 

अहिले रणवीरको चलचित्र गली बाय रिलिजको तयारीमा छ । यस चलचित्रमा रणवीर र्यापरको भूमिकामा छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *