लोकदोहोरी प्रतिष्ठानले भन्योः ‘लुट्न सके लुट गीतलाई जस्ताको तस्तै अपलोड गर्नुस्’

 

फागुन ५, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पशुपति शर्माको गीत लुट्न सके लुटलाई जस्ताको त्यस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । 

लोकदोहोरी प्रतिष्ठानले सर्जकद्वारा सृजना गरिएको कलाकृति, गीत संगीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक श्रोताको लोकको अधिकार पशुपति शर्मालाई उक्त गीत जस्ताको तस्तै पुनः अपलोड गर्न आग्रह गरेको हो । 

null

बद्री पंगेनी अध्यक्ष रहेको उक्त सं‌स्थाको आज बसेको आकस्मिक बैठकले गीत संगीत अभिनय लगायतका अभिव्यक्तिका माध्यमबाट जनताले सरकारको या सार्वजनिक पदधारकको आलोचना गर्न पाउनुपर्ने निष्कर्ष निकालेको हो । वाक स्वतन्त्रताको हनन् सह्य नहुने विज्ञप्तिमा उल्लेख छ । 

प्रतिष्ठानको विज्ञप्तिमा भनिएको छ, ‘गीत डिजिटल प्लेटफर्ममा राख्ने या हटाउने सम्बन्धमा कहीँ कतैबाट पनि आधिकारिक निवेदन अनुरोध वा जानकारी समेत संस्थामा नआएकोले हटाउने या राख्ने सम्बन्धमा गायक शर्मालाई अहिलेसम्म संस्थाले आधिकारिक अनुरोध गरेको छैन र कुनै समूह संस्था या अन्य कुनै दल या ब्यक्ति कसैले पनि यो गीत बन्द गर्ने विषय लिएर औपचारिक प्रस्ताव दर्ता नगरेको कुरा समेत जानकारी गराउन चाहान्छौं।’ 

‘पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई “फेर्न योग्य” लागेर गीत हटाउनुभएको हो भने त्यो वहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ। तर कुनै दवाव या कुनै धम्कीको कारण हटाउनुभएको हो भने गीतलाई जस्ताको तस्तै पुनस् अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ। त्यसपछि आईपर्ने विवाद, वार्ता र छलफलद्वारा समाधान हुनु पर्दछ र त्यसको अगुवाई गर्न संस्था तयार रहेको छ’, बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *