माघ २५ गते धरानमा उपमहानगरपालिका स्तरीय नृत्य कला महोत्सव 

माघ २३, धरान । नृत्य कलाको बिकास, कलाकारलाई प्रोत्साहित गर्ने तथा नयाँ प्रतिभाहरुको खोजी र पहिचान गर्ने उदेश्यले सुनसरीको धरानमा उपमहानगरपािलका स्तरीय नृत्य कला महोत्सन हुने भएको छ । 

 

आउँदो माघ २५ गते धरान ८ स्थित सभागृहमा सो प्रतियोगीता आयोजना हुने धरान प्रज्ञा प्रतिष्ठानले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका सचिव हर्कजीत लिम्बु (चुम्बे ) ले जानकारी दिए । 

null

कार्यक्रममा धरानभरिका विद्यालय तथा डान्स सेन्टहरुबीच दुई खण्डमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । सो प्रतियोगीतामा सहभागी सम्पुर्ण विद्यालय तथा डान्स सेन्टरमा आबद्ध कलाकारहरुको कलागत निखार हुनुका साथै स्वस्थ प्रतिष्पर्धाको बिकास हुनेमा समेत बिश्वस्त हुने आयोजको बुझाई छ । 

धरान भरिका विद्यालय तथा डान्स सेन्टरहरु लागयतका करिब १६ बटा समुहहरुबीच प्रतिष्पर्धा गराईनुका साथै उनीहरुलाई नगद पुरस्कारले समेत प्रोत्साहन गरिने आयोजक प्रतिष्ठानका प्राज्ञी देवनले जानकारी दिए ।  

प्रतिष्पर्धीहरु मध्येबाट प्रथम हुनेलाई नगद १५ हजार ,दोश्रोलाई नगद १० हजारका साथै तेश्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यसैबीच धरान प्रज्ञा प्रतिष्ठान तदर्थ समितिकै भरमा नै चलिरहेको पाईएको छ । विधेयक पारित गर्न कार्यपालिकाले चासो नदेखाउदा प्रतिष्ठान तदर्थ समितकै भरमा चलरिहेको प्रतिष्ठानका सदस्य प्राज्ञी गोपाल देवानले बताए । 

उनका अनुसार स्थानिय तह निर्वाचन भएपछि र जनप्रतिनिधि आएको पहिलो बर्ष (२०७४) सालमा नै तत्कालिन मेयर स्व. तारा सूब्बाले धरान प्रज्ञा प्रतिष्ठान तदर्थ समितिको रुपमा गठन गरेका थिए । 

प्रतिष्ठान गठन भएको डेढ बर्षभन्दा बढी समय बितिसक्दा पनि तदर्थ समितिकै रुपमा छ । प्रतिष्ठानको ऐन नबन्दा कुनै पनि योजना, कार्यक्रमहरु प्राज्ञहरुले बनाएर कार्यान्वयन गर्न पाइरहेका छैनन् । 

अहिलेसम्म उपमहानगर तथा कर्मचारीहरुले तय गरेका बजेट, कार्यक्रमहरु नै प्रतिष्ठानले गर्नु परिरहेको प्राज्ञी देवानले पत्रकार सम्मेलनमा नै जानकारी दिए । 

प्रतिष्ठान सञ्चालनको कार्यबिधी समेत नबनेको कारण आफुहरुले प्रभावकारी रुपमा काम गर्न नपाएको उनको भनाई थियो । प्रतिष्ठानले कला, साहित्य, रंगकर्म, बुद्धिजिबी लगायत सरोकारवाला सबै पक्षसँग राय, परामर्श लिएर विधेयकको मस्यौदा कार्यपालिकामा बुझाइ सकेपनि त्यसलाई पारित गरेर ऐनको रुप दिलाउन जनप्रतिनिधिहरुले चासो नदिएको प्राज्ञीहरुको आरोप छ । 

अन्य समितीहरुको ऐन धमाधम पारित भइसक्दा पनि गएको नगरसभामा प्रतिष्ठानको विधेयक प्रस्तुत नगरिएको समेत उनीहरुको गुनासो छ । विधेयक पारित भएर ऐन नबन्दा प्रतिष्ठानलाई पुर्णता दिन सकिएको छैन भने बजेट र कार्यक्रमहरु पनि आफैले तयार गर्न पाएको छैन । 

‘ऐन बनेपछि मात्र प्रतिष्ठान बिस्तार गरेर गीत संगीत, साहित्य,चित्रकला, सिनेकर्मी लगायत अन्य विधालाई मात्र समेटीन सकिने प्रतिष्ठानको दावी छ ।  हाल मस्यौदामा प्रतिष्ठान अन्र्तगत बिभिन्न विभाग रहने र ३५ सदस्यीय प्राज्ञ सदस्य हुने व्यवस्था पनि गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *