श्रीमतीकाे हत्या गरेपछी पुरारात शव सँग बिताएर बिहान आत्मसमर्पण गरेपछी

माघ २८ । रिसको आवेगमा आएर मान्छेले कतिसम्म गर्दा रहेछन् । त्यस्तै रिसको झोँकमा एक जनाले आफ्नी गर्भवती श्रीमतीको हत्या गरेका छन् । तर अचम्म लाग्ने कुरा के भने, उनी त्यो रातभर घाँटी रेटिएकी आफ्नी श्रीमतीसँगै सुते र बिहानै प्रहरीमा गएर आत्मसमर्पण गरे । 

  

यो घटना भारतको महाराष्ट्र प्रदेशको उस्मानाबाद भन्ने ठाउँको हो । प्रहरीका अनुसार विनोद धानसिंह पवार नाम गरेका ती व्यक्ति ओमरेगा तहसीलमा बस्छन् । 

null

बिहीबार सामान्य कुरामा आफ्नी श्रीमती प्रियंका राठोरसँग विवाद भएपछि उनले यो घटना निम्त्याएको हुनसक्ने प्रहरीले बताएका छन् । प्रियंका तुलजापुरमा नर्सको काम गर्थिन् । विनोद बोरवेल कमिशनमा एजेण्टको काम गर्थे । उनीहरुको विवाह भएको नौ महिना मात्र भएको थियो । 

प्रियंका पाँच महिनाकी गर्भवती थिइन् । मुरुम प्रहरी स्टेशनका एक अधिकारीले बताएअनुसार हत्या गरेपछि विनोद रातभर शवसँगै सुते र शुक्रबार बिहान आत्मसमर्पण गर्न प्रहरी थानामा पुगेका थिए । उनले त्यहाँ आफूले अपराध गरेको कुरा स्वीकारेका थिए । 

प्रियंकाको परिवारले विनोद उनीसँग पैसाको लागि झगडा गर्ने गरेको बताएका छन् । पछिल्लो समय पैसाको माग गर्दै उनीसँग विवाद गरिरहेको उनको परिवारले आरोप लगाएको छ । प्रहरी यस विषयमा अनुसन्धान गरिरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *