कोरियाली नेता किम जोङको आगमनका लागि भियतनाममा कडा सुरक्षा

फागुन १३, दोङदाङ, भियतनाम । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

 

उनकाे सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ जाँदै छन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ । 

null

किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम जाँदैछन् । 

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम जाँदै छन् । दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ । 

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका छन् । उनी चीनको राजधानी बेइजिङ हुुँदै रेलमा भियतनाम पुग्नेछन् । भियतनामका अधिकारीहरुले जनाए अनुसार उनी मङ्गलबार बिहान सम्ममा भियतनामको दोङदाङ शहरमा पुग्नेछन् । 

उनले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम जान लागेका हुन् । उक्त दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ । त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरुले बताएका छन् । 

उनी भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम रहेको छ । दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन् । उनले आफूले उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखेको बताएका छन् । 

साथै उनले तर त्यो रेलसेवा कहिले सम्मका लागि बन्द हुने भन्ने बारेमा सरकारी अधिकारीहरुले केही नभनेका र सम्भवत मङ्गलबार सम्म बन्द हुन सक्ने पनि बताएका छन् । 

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लाग्नु भएको हो । उनीहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो । 

हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ । उनीहरु बीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो । सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *