बलिउड अभिनेत्री कंगनाले आलिया, ट्विंकल र अमिरलाई निज भनेपछी

माघ २४, मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतले बलिउड कलाकारलाई निशाना बनाउदै आक्रोश व्यक्त गरेकी छिन् । उनले एक अन्तरवार्तामा आलिया भट्ट, ट्विंकल खन्ना र अमिर खानलाई फिल्म हेर्न हलमा नगएका भन्दै नीच व्यवहार देखाएको आरोप लगाएकी हुन् । 

 

अभिनेत्री रनौत अभिनित फिल्म ‘मणिकर्णिका’ रिलीज भएको एक हप्ता वितिसकेको छ । बलिउडका स्टार विनानै एक्लै परिस्पर्धामा उत्रिने यी अभिनेत्रीद्वारा अभिनित फिल्म भने विवादमा आइरहन्छन् । ‘मणिकर्णिका’ का निर्देशक क्रिशका कारण विभिन्न विवादास्पद भनाईहरु सार्वजनिक भइरहेको अवस्थामा कंगनाले फेरि बलिउडका कलाकारलाई निशाना बनाएकी छिन् । 

null

कंगनाले उनको २०१४ मा रिलीज भएको फिल्म ‘क्वीन’लाई सबैले तारिफ गरेका तर ‘मणिकर्णिका’को बारेमा भने बलिउड चुपचाप बसेको आरोप लगाइन् । उनले भनिन्, ‘आलियाले ‘राजी’ को ट्रेलर हेर्न आग्रह गर्दा त्यसलाई मैले आलिया भट्ट र करण जौहरको फिल्मको रुपमा नलिई सहमत खानको फिल्मको रुपमा लिएको थिएँ । तर यिनीहरु कसरी यति नीच हुन सक्छन् ? यिनीहरु कसरी एउटा फिल्मलाई एकजनासँग जोडेर हेर्न सक्छन् ? के लक्ष्मीबाईको भूमिका मेरो मात्र व्यक्तिगत हो ?’ 

उनले भनिन्, ‘ फिल्म ‘दंगल’ र ‘सुपरस्टार’ को लिग अमिर खानले फोन गरेका थिए । ती दुवै फिल्म मेरो लागि महिला सशक्तिकरणमा आधारित फिल्म थियो । तर, मसँग ती फिल्मलाई दिने समय थिएन । ’ उनले अमिर आफैँ महिला सशक्तिकरणका बारेमा बोल्ने अभियन्ता भएपनि उनले ‘मणिकर्णिका’ को बारेमा कुनै पनि प्रतिक्रिया जनाउँछन् भन्ने नलागेको बताइन् । 

साथै, उनले ट्विकंल खन्नाले पनि यस बारेमा कुनै पनि प्रतिक्रिया नदिएकोमा पनि प्रश्न गरिन् । खन्नाले महिला सशक्तिकरणको वकालत गर्दै हिँडेपनि फिल्म हेर्ने समय नछुट्याएको आरोप लगाइन् । 

कंगनाको फिल्म ‘मणिकर्णिका’ले थुप्रै दर्शक बटुलिरहेको छ । भने, दर्शकको प्रतिक्रिया पनि राम्रो रहेको छ । फिल्मले ८ दिनमा ६४ करोडभन्दा बढी कलेक्शन गरिसकेको छ । उनले फिल्म १ सय करोडको क्लबमा सामेल हुने तयारीमा छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *