अन्ना हजारेले अनसन तोडे

भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारले सात दिनदेखि बस्दै आएको अनसन तोडेका छन् । स्क्रोल डट इनका अनुसार महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार बेलुका हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

मुख्यमन्त्री पडणवीसले अन्ना हजारेलाई जुस खुवाएर अनसन तोडाएका थिए ।  

त्यसपछि संयुक्त पत्रकार सम्मेलनमा हजारेले भने, ‘मुख्यमन्त्रीले हाम्रो सबै माग पूरा गर्ने वचन दिएकाले मैले अनसन तोडेको हूँ ।’ मुख्यमन्त्री फडणवीसले महाराष्ट्र विधानसभाको आउँदो सत्रमा भ्रष्टाचारविरुद्धको लोकपाल बिलका लागि एउटा संयुक्त आलेख समिति गठन गर्ने बताए ।  

null

केन्द्रमा लोकपालको नियुक्तिमा भैरहेको ढिलाइ र महाराष्ट्रमा लोकायुक्त कानुन बनाउनुपर्ने माग राख्दै ८१ वर्षीय सामाजिक कार्यकर्ता अन्ना हजारे जनवरी ३० तारिखदेखि अनिश्चितकालीन अनसनमा बसेका थिए । 

गएको आइतबार आफ्नो माग पूरा नगरे पद्म पुरस्कार राष्ट्रपतिलाई फिर्ता गर्ने चेतावनी पनि हजारेले दिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *