मिसेस स्टेट १, दोस्रो सिजनको अभिभावक भेटघाट कार्यक्रम

माघ २६, धरान । विवाहित महिलाहरुको प्रतिभा प्रस्फुटनका लागि वुमन वर्थ ग्रुपकाे आयोजनामा हुन लागेको मिसेस स्टेट १ दोस्रो सिजनमा छनौट भएकाहरुको अभिभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

धरान १३ स्थित टिम्वरल्याण्ड रेष्टुरेन्टको हलमा आयोजित कार्यक्रममा छनौट भएका प्रतिष्पर्धी र अभिभावकहरुको उपस्थिती रहेको थियो । प्रतिष्पर्धीका अभिभावकहरुलाई कार्यक्रमको विषयमा जानकारी गराउन अभिभावक भेटघाट कार्यक्रमको आयोजना गरिएको वुमन वर्थ ग्रुपका अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिईन । 

 

null

भेटघाट कार्यक्रममा सहभागी अभिभावकहरुको जिज्ञासा आयोजकले प्रष्ट पारेका थिए । अडिसनबाट छनौट भएकाहरुको प्रशिक्षण आजैबाट सुरु भइसकेको वुमन वर्थ गु्रपका उपाध्यक्ष उमा ताम्रकारले बताईन । सहभागीहरुलाई कार्यक्रम तालिका र प्रशिक्षणको बारेमा वुमन वर्थ ग्रुपका कोषाध्यक्ष रोजि ताम्रकारले जानकारी गराएकी थिईन । 

प्रतिष्पर्धीहरुलाई माघ २८ गते देखि बन्द प्रशिक्षणमा राखिने छ । मिसेस स्टेट १ दोस्रो सिजनमा बन्द प्रशिक्षणको क्रममा महिला शसक्तिकरण तथा महिला अधिकार कक्षा, उद्घोषण कला तालिम, प्रभावकारी भाषण कला तालिम, व्यक्तित्व विकास तालिम, महिला स्वस्थ्य, समस्या र समाधान कक्षा, पर्यटन पवद्र्धन कक्षा, शिष्टाचार, स्टेज कभर र प्रस्तुति, सौन्दर्य कला, नृत्यकला तालिम, सकारात्मक सोच अभिवृद्धि विषयमा सम्वन्धीत जानकार तथा विज्ञहरु बाट तीन हप्ता प्रशिक्षण दिइनेछ । 

विजेताले नगद १ लाख रुपैया, क्राउन, ट्रफि, गिफ्ट ह्याम्पर पाउने छन्, भने फस्ट रनरअपले नगद ५० हजार र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । 

ब्यक्तिगत विधा तर्फ मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वाक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, वेस्ट ड्रेस, भ्युवर्स च्वाइस अवार्ड र मिसेस एक्टिभ प्राप्त गर्नेछन् । 

प्रतिष्पर्धीहरुलाई र्याम वक मोडल एजेन्सिका प्रोपराइटर डिजे ललित राईले कोरियोग्राफि गर्नेछन । प्रतियागिताको ग्रान्ड फिनाले फागुन २४ गते महिला दिवसको दिन धरान सभागृहमा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *