द कपिल शर्मा शोः अर्चनाको स्पष्टिकरण

फागुन ७ । अर्चना पूरन सिंहले द कपिल शर्मा शोमा नवजोत सिंह सिद्धूको स्थान नलिएको स्पष्टिकरण दिएकी छिन् । पुलवामामा चरमपन्थी हमलापछि विवादित बयान दिएका कारण सिद्धुलाई कार्यक्रमबाट हटाइएको खबर सार्वजनिक भएको थियो । यद्यपी, सिद्धूले यो कुरा अस्विकार गरेका थिए र अब अर्चनाले पनि यो कुरा अस्विकार गरेकी छिन् । 

 

सोनी इन्टरटेन्मेन्ट टेलिभिजनमा आइतबार सोसल मिडियामा एक पोष्ट गर्यो जसमा सिद्धुलाई हटाइएको खबरबीच अर्चनालाई स्वगत गरियो । 

null

अर्चनाले साँच्चैको सिद्धुको स्थान लिन्छन् भन्ने बारे भने स्पष्ट जानकारी उपलब्ध छैन । अर्चनाले आइएएनएससँगको कुराकानीमा भने, ‘होइन, मैले उनको स्थान ओगटेको होइन ।’ 

काश्मिर आक्रमणबारे टिप्पणी गर्दा ‘द कपिल शर्मा शो’ बाट सिद्धु आउटउनले भनिन्, ‘शोमा स्थायी हिस्सा बन्ने विषयमा मलाई सोनी इन्टरटेन्मेन्ट टेलिभिजन वा अरु कसैबाट आधिकारिक जानकारी पाएको छैन ।’ उनले भने, ‘मैले पुलवामा हमला अघि नै शोका दुई एपिसोडको सुटिङ गरेकी हुँ । उनी कतै व्यस्त थिए त्यसकारण च्यानलले मलाई दुई एपिसोड सुटिङका लागि सम्पर्क गर्यो र मैले त्यही गरेँ ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *