‘पानीजहाजको टिकट खोज्नेहरुले केही समय पर्खनुस्, छिट्टै पाउनुहुन्छ’

फागुन २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिलाई रोजगारी दिन नभइ सिंगो देशलाई नै अगाडी बढाउन पानीजहाज सञ्चालनमा ल्याउन लागेको बताएका छन् । 

बिहीबार ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पानी जहाज सञ्चालनबाट देश एक कदम अघि बढ्ने दाबी गरे । 

कार्यालयको स्थापनासँगै नेपाल पानी जहाजको नयाँ युगमा प्रवेश गरेको स्पष्ट पार्दै उनले पानी जहाजको टिकट कहिले पाइन्छ भनेर जिस्काउनेहरुले केही समयमा नै पाउने बताए । ‘टिकट मागेर मजाग गर्नेहरु, सपनाको खिल्ली उडाउनेहरु, केही समय पर्खनुस् । छिट्टै टिकट पाउनुहुन्छ’, प्रधानमन्त्रीले भने । 

null

उनले पानीजहाज सञ्चालनको इन्जिनियरिङका लागि छात्रवृत्तिमा विदेश पढ्न पठाइने बताए। भारतले गण्डकी नदीमा डीपीआर बनाइसकेको जानकारी दिँदै उनले केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत् ओसार्न सकिने बताए । 

सरकारले एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाएको छ । 

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानीजहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् भने कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी निर्धारण गरिएको छ । 

सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =