संविधान संशोधन गर्ने सहमति भइसक्यो, मधेसको विकास हुन्छ: प्रचण्ड

माघ २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला, मधेसी, दलित, मुस्लिम लगायत समुदायलाई समानुपातिक समावेशी प्रणालीमार्फत् समेटेको बताएका छन् । 

सोमबार सिराहामा आयोजित पत्रकार कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मधेसी जनताको हक अधिकार र विकासमा आफूहरु प्रतिवद्ध रहेको बताए । 

कम्युनिष्ट पार्टी मधेसी जनताको हित विपरित रहेको आशंका नराख्न आग्रह गर्दै उनले संविधान परिवर्तन गरेरै त्यसलाई पर्याप्त बनाउने प्रतिबद्धता जनाए । 

null

अध्यक्ष प्रचण्डले उत्पीडित वर्गले पाएको अधिकार प्रयाप्त नभएको र त्यसलाई संविधान संशोधन मार्फत हल गर्दै लैजाने बताए। नेकपाको सरकार बनेपछि आफू, प्रधानमन्त्री र उपेन्द्र यादवसहित संविधानलाई आवश्यकता अनुसार संशोधन गर्दे लैजाने विषयमा सहमति भएको पनि उनले जानकारी गराए । 

उनले अब कोही पनि गरिबीको कारण, शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनु नपर्ने पनि बताए । नयाँ संविधान अनुसार ती सबै कुरालाई मौलिक हकमा राखिएकाले कुनै पनि मानिस गरिबीबाट वञ्चित हुनुपरे अदालत समेत जानसक्ने भन्दै आफूहरु जनताका हक सुनिश्चित गर्न लागिपरेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *