पानीजहाज कार्यालय स्थापना, १६ कर्मचारी रहने

फागुन २, ललितपुर । सरकारले ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पानीजहाज कार्यालयको उद्धघाटन गरेका हुन् । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको हो । 

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानीजहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् भने कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी निर्धारण गरिएको छ । 

सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =