जब प्रियंकाको प्रेग्नेन्सीको तस्विर भाइरल भयो…

 

फागुन ७, काठमाडौँ । पछिल्लो साल अमेरिकी गायक निक जोनाससँग बिवाह बन्धनमा बाँधिएकी बलिउड नायिका प्रियंका चोपडाको प्रेग्नेन्सीको खबर बाहिरिएको छ । 

प्रियंका प्रायः कयौँ हलिउडका कार्यक्रमहरुमा देखिएकी हुन्छिन् । तर हालसालै एक कार्यक्रमको समयमा उनलाई देख्नेहरुले प्रेग्नेन्सीको खबर फैलाएका हुन् । 

null

सो कार्यक्रमका केही तस्विरहरु सञ्चार माध्यमहरुमा पनि भाइरल भइरहेको छ । जुन तस्विरमा उनको पेट थोरै बाहिर निक्लिएको थियो, प्रेग्नेन्ट महिलाको जस्तै । त्यसपछि उनको प्रेग्नेन्सीको चर्चा फैलिन थाल्यो । 

प्रियंकाकी आमा मधु चोपडाले भने प्रियंका प्रेग्नेन्ट नभएको जानकारी दिएकी छिन् । एक अन्तर्वार्तामा उनकी आमाले भनिन्, ‘प्रियंका प्रेग्नेन्ट छैनन् । क्यामेराको एंगलको गल्तीका कारण तस्विर यस्तो देखिएको हो । यो क्यामेराको एंगल खराब हो ।’ 

‘मैंले प्रियंकासँग कुरा गरेको थिएँ । उनले आफू थकित भएका कारण सुस्त हालतमा रहेको बताएकी थिइन् । त्यसैले क्यामेरामा त्यस्तो देखिएको हो’, प्रियंकाकी आमाले भनिन् । 

प्रियंका न्यूयोर्क फेसन विकमा स्कर्ट सूटमा पुगेकी थिइन् । त्यो पहिरनमा खिचिएका केही तस्विरहरु हेरेर उनको प्रेग्नेन्सीको खबर बाहिरीएको थियो, जसलाई उनको आमाले बकवास खबर बताएकी थिइन् । 

प्रियंका छिट्टै नै हलिउड चलचित्र Isn’t it romantic मा देखिनेछिन् । त्यसपछि उनी बलिउड चलचित्र द स्काई इज पिंक मा अख्तर र जायरा वसीमको साथमा देख्न सकिन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *