नखुलेको मौसम खुलेर आयो…..

माघ २६, काठमाडौं । तीन दिन देखिको वर्षाले राजधानीलाई हिलाम्मे बनाएको छ । काठमाडौंका अधिकांश धनाबस्तीका भित्री तथा बाहिरी सडक हिँडि नसक्नु भएपनि आकाश भने छ्याङ्गिएको छ । 

यी तस्विर सुन्दरीजल बागमती करिडोरका फाँटमा लगाइएका तरकारी खेतीका हुन् । मानववस्तीका कंक्रिट भवन नपुगिसकेको यो फाँटमा फलेका अर्गानिक तरकारीको हरियाली मन लोभ्याउँदो छ । शनिबार विहानभरी परेको वर्षा र त्यसपछि लागेको पारिलो घामले यो फाँटको हरियालीलाई अझ हरियाली बनाएको छ । 

 

null

तरकारी तथा अन्नबालीका लागि बागमती करिडोर उर्बर भूमि हो । गोकर्णबाट दक्षिण हुँदै झरेको बागमती अग्ला कंक्रिटका भवन र मानव वस्तीले साँघुरिँदै गएको भएपनि उत्तरपश्चिम खुल्ला फाँट छ । सरकारले बेलैमा बागमती अतिक्रमणलाई नियन्त्रण गर्न नसक्ने हो भने, केहि वर्षपछि यी क्षेत्रमा लहललाउँदा हरिया तरकारी हैन, भिमकाय कुरुप भवन ठडिनेछन् । 

तस्विरः केशब सापकोटा, मकालु खबर 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *