संविधान कार्यान्वयनमा राजनीति दल एक जुट हुनु पर्ने

फागुन ३, कैलाली । सुदुर पश्चिम प्रदेशका प्रदेश सभा सदस्य नन्द बहादुर साउदले संघीयताको कार्यान्वयनको लागी ७ बटै प्रदेश र स्थानीय तहले अभ्यास गरिरहेको बताएका छन् । 

 

कैलालीको बर्दगोरिया गाउपालिका १ सडकपुर बौनियामा रहेकोे बसन्त मुरारी माध्यमिक विद्यालयको १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस बोल्दै साउदले संविधान कार्यान्वयनमा सबै राजनीति दल एक जुट भएर लाग्नु पर्ने दायित्व समेत रहेको बताए । 

null

सांसद साउदले प्रदेश सरकार यस क्षेत्रको उच्च शिक्षा, खेलकुद बर्दगोरिया धार्मिक पर्यटन र यातायातको बिकास लाई प्राथमिकता तर्फ निरन्तर लागी रहेको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष बलिराम चौधरी, उपाध्यक्ष भगवती चौधरी, श्रोत ब्यक्ति अमरनाथ झा, बालकन्या आधारभुत विद्यालय कट्टीपुर प्राधानाध्यापक भुमी प्रकाश शर्मा लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा आर्थिक वर्ष २०७४/०७५ को ३ करोड, २६ लाख, ३५ हजार ८ सय ९७ रुपैयाँ आय र १ करोड,३६ लाख ९५ हजार ८ सय २३ रुपैयाँ खर्च भएको प्रधानाध्यापक भुमी प्रकाश बमले जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्र बाट योगदान गर्ने पूर्वविद्यार्थी, शिक्षक, समाजसेवी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियोे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *