उपमेयरले लगाएको आरोप प्रमाणित भए सजाय भोग्न तयार छुः रेणु दाहाल

फागुन १५, चितवन । भरतपुर महानगरपालिकाका मेयर र उपमेयरको विवाद उत्कर्षमा पुगेको छ । उपमेयर पार्वती शाहले मंगलबार काठमाडौंमा पुगेर मेयर रेनु दाहालको विषयमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएपछि त्यस्को खण्डन गर्दै मेयर दाहालले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै जवाफ दिएकी छिन् ।
उनले आफू महानगरको विकास र समृद्धिका लागि तल्लिन भएको भन्दै उपमेयर शाहले मिथ्या आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको दाबी गरिन् ।
null
‘म र महानगरपालिकाको कर्मचारीमाथि नभएका झुठा विवरण सार्वजनिक गर्दै वदनाम गर्दै हिड्नु भएको छ’ उनले भनिन्, ‘तथ्यहिन विषयलाई मिडियावाजी गर्दै चितवनदेखि काठमाडौंसम्म पुगेर पत्रकार सम्मेलन गरी झुटा विषय उचाल्नु भएको छ ।’
महिलाहरुले नेतृत्व गरेको ठाउँमा नमुना बनाउने भनेर लाग्दा आफैँ अतालिएर हिँडेको प्रमुख दाहालले बताईन् । उनले उपमेयर शाहले आफ्नो सचिवालय देखि सबै क्षेत्रमा नातागोतालाई नै जागिर लगाएको मेयर दाहालको आरोप छ ।
यस्तै, मेयर दाहालले उपमेयर शाहले आफूमाथि मिथ्या आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताईन् । ‘मलाई व्यक्तिगत लाभ लिनु केही छैन्, महानगरको विकासमा कटिबद्ध छु, अनावश्यक विवादमा मुछेर मेरो चरित्र हत्याको प्रयास भयो ।’ मेयर दाहालले उपमेयर शाहले लगाएको एक एक आरोपको खण्डन गरिन् । उनले उपमेयर पार्वती शाहले आफुमाथि लगाएका आरोप पुष्टी गर्न चेतावनी समेत दिइन् ।
उपमेयरले आफ्ना ४ जना नजिकका नातेदारलाई सचिवालयमा राखेको र एकजना भतिजिलाई कम्प्युटर अपरेटर नियुक्ती गर्न ताकेता गर्दे आएकोमा प्रमुख प्रशासकीय अधिकृतले नियमले नमिल्ने भन्दै फकाएपछि त्यसैको विरोधमा उपमेयर शाह पत्रकार सम्मेलन गर्दे हिंडेको प्रमुख दाहालको दावी छ ।
उपमेयर पनि महानगरको दोस्रो जिम्मेवार व्यक्ति भएकोले आफुमै भएको कमजोरी खोज्न र जथाभावी नबोल्न दाहालले आग्रह समेत गरिन् । प्रमुख रेनुले विकास समृद्धिमा असर पार्ने तरिकाले कपोकल्पित विषय उठाएर हिँडेको भन्दै महानगर बनाउने दुवैको दायित्वमा पर्ने बताईन् ।
महानगरपालिकाले गरेको अनियमितता, भ्रष्टाचार, आर्थिक हिनामिना वा कुनै पनि विषयमा कमजोरी भएको भए प्रमाणसहित आएमा आफूले सजाय भोग्न तयार भएको बताइन् ।
‘भतिजीलाई जागिर दिन दवाव दिनुभयो, बहिनीलाई कार्यालय सहयोगी नियुक्त गर्नुभयो, ज्वाई ड्राइभर, भतिजा स्वकीय सचिव, वहिनीको छोरीलाई नियुक्ती दिनुपर्यो भन्ने विषय थियो ।’ यस विषयमा कुरा नमिलेपछि उनले गलत प्रचार गर्दै हिँडेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा प्रमुख रेनुले भनिन् ‘भतिजीलाई भर्ति गर्न नपाएको झोँकमा बबण्डर मच्चाउने ?’
भरतपुर विकासको तीव्र गतिमा अगाडि बढीरहेको सन्र्दभमा आपसी विवाद र खिचातानीले गन्तव्यमा पुग्न नसकिने भन्दै उनले नमिलेका विषयमा छलफलबाट टुंगो लगाई अघि बढ्न आग्रह गरिन् ।
यसअघि उपप्रमुख पार्वती शाह कठुरीले भरतपुर र भरतपुर र काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरमा अर्थिक अनियमिता भएको, काम राम्रोसंग नभएको, प्रशासकीय प्रमुखले नटेरेको, विकास नभएको, समितिहरु पूर्ण नभएको, आफूलाई वेवास्ता गरेको जस्ता आरोप लगाएकी थिइन् ।
प्रमुख र उपप्रमुख बिच विवाद भएपछि दुवै पक्ष बसेर छलफल समेत भएको छैन । अन्तरिक रुपमा केहि समस्यामा आएपछि एक ठाउँमा बसी गहन छलफल गरेर समस्याको निकास दिन नसक्दा दुवै जनाको आक्रोश मिडिया मार्फत छताछुल्ल भएको हो ।








