‘सार्वजनिक हित बिरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दा दर्ता 

फागुन २, चितवन। गएको भदौ १ गतेदेखि लागू भएको नयाँ कानुन अनुसार चितवन प्रहरीमा ‘सार्वजनिक हितविरूद्धको कसुर’ अन्तर्गत १३२ वटा मुद्दाहरु दर्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रबक्ता (डिएसपी) दुर्गा राज रेग्मीका अनुसार दर्ता भएका सबै मुद्दा फछ्र्योट भइसकेका छन् । आर्थिक वर्षको ६ महिना बित्दै गर्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको अपराधसम्बन्धी मुद्दाको जम्मा संख्या भने ६१५ वटा छ । 

प्रहरीको तथ्यांक अनुसार दर्ता भएका मुद्दामध्ये ४२० वटा मुद्दा फछ्र्योट भएका छन् भने १९५ वटा मुद्दा फछ्र्यौट हुन अझै बाँकी छन् । प्रहरी तथ्यांकअनुसार सबैभन्दा बढी सार्वजनिक हित बिरूद्ध मुद्दा दर्ता भएका छन् । उक्त शिर्षकमा मात्रै १३२ वटा मुद्दा दर्ता भएको प्रबक्ता रेग्मीले जानकारी दिए । ‘यस्तै, सवारी ज्यान सम्बन्धी ७० वटा मुद्दा दर्ता भएका छन् । 

null

ती मध्ये ६६ वटा फछ्र्योट भएको र ४ वटा भने बाँकी रहेको उनले बताए । आपराधिक विश्वासघात र आत्महत्या गर्न उक्साहट गरेको शिर्षकमा दुई/दुईवटा र दूरसञ्चार ऐनअन्तर्गतको शिर्षकमा एउटा मुद्दा दर्ता भएको उनले बताए । ‘नयाँ कानुन आएपछि दर्ता भएका यी सबै मुद्दा प्रहरी कार्यालयबाट फछ्र्योट भइसकेका छन्’, उनले भने । सरकारले नयाँ कानुन बनाएर लागू गरेपछि पीडितलाई उजुरी गर्न र कानुनी उपचारमा सहज भएको उनले बताए । 

मानिसहरुको चेतना स्तरमा वृद्धि र उजुरबाजुर गर्न पाउँने भएपछि न्याय खोज्न न्यायालय धाउने गरेकोले छोटो समयमै यति धेरै मुद्दा दर्ता भएको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =