मङ्गोलियामा विदा मनाउने क्रम सडक दुर्घटनामा परी दश जनाकाे मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ माघ २८ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
माघ २८,लान बाटोर, मङ्गोलिया । मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन् । यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’ भन्ने गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
नयाँ वर्ष मनाउने क्रममा फेब्रुअरी ४ देखि ८ सम्ममा ९ व्यक्ति गम्भीर घाइते भएका थिए । जथाभावी रुपमा सवारी साधान अघि बढाउनु , क्षमता भन्दा बढी व्यक्ति सवार हुनु जस्ता कारणले नै दुर्घटना भएको समाचारमा जनाइएको छ ।
null
यस पर्वमा मान्यजनलाई सम्मान गर्ने परम्परा पनि रहदै आएकाले आफ्ना माता पिता, हजुरबा आमा र अन्य मान्यजनसँग भेटघाट गर्न यात्रा सर्वसाधारण दुर्घटनामा परेको जनाइएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित