बर्षा र सन्जोगले गरे ‘इन्गेजमेन्ट’

माघ २९, काठमाडौँ । अभिनेत्री बर्षा राउत र सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । 

फ्रेब्रुअरी १४ मा विवाह बन्धनमा बाँधिन लागेका वर्षा र सन्जोगले विवाहको केही दिन अघि सोमबार इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले पारिवारिक सदस्यको उपस्थितिमा ‘इन्गेजमेन्ट गरेका हुन्। 

यी दुइले करिब ७ वर्षदेखिको प्रेमलाई फागुन २ गते हिन्दु परम्परा अनुसार विवाहमा परिणत गर्नेछन् । दुवैले विवाहको मिति सार्वजनिक गरेसँगै प्रशंसक तथा शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिँदै आएका छन्। 

null

बर्षा राउत चलचित्र क्षेत्रमा निकै रुचाइएकी अभिनेत्री हुन् भने सन्जोग कोइराला चलचित्रसँगै व्यवसायमा सक्रिय छन् ।वर्षाले ‘नाई नभन्नू ल–४’ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन् । 

म्युजिक भिडियोबाट आफ्नो करिअर शुरु गरेकी वर्षा, चलचित्र जात्रा पछि दर्शकमाझ लोकप्रिय बनेकी हुन् ।  वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन्।  

 

  

  

 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *