चितवनको भरतपुरमा ‘प्रभु पे क्यान इन्फोटेक – २०७५’ आजदेखी सुरू हुँदै 

माघ २५ चितवन । आज शुक्रबार देखि भरतपुरस्थित ‘प्रभु पे क्यान इन्फोटेक–२०७५’ सुरू हुँदै छ । कम्प्युटर एसोसिएसन महासंघ (क्यान) चितवनद्वारा आयोजित उक्त मेलाको उद्घाटन प्रदेश नं ३ का भूमि, व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले गर्दै छन् । 

मेलाको चौंथो श्रृङ्खलामा सूचना र प्रविधिसँग सम्बन्धित ८० वटा स्टल रहेको उक्त मेलाको सबै तयारी सकिएको आयोजकले जनाएको छ । नेपालमै सूचना प्रविधिसम्बन्धी ज्ञान हासिल गरेर पनि उपलब्धिमूलक कार्य गर्न सकिन्छ भन्ने सन्देश दिन युवा लक्षित कार्यक्रम गर्न लागेको अध्यक्ष भानु शर्माले जानकारी दिए । 

सूचना प्रविधिसँग सम्बन्धित उपकरण तथा प्रविधिबारे जानकारी लिन चाहने विद्यार्थी तथा युवालाई मेला फलदायी हुने आयोजकको विश्वास छ । यसवर्षको मेला विगतका भन्दा केही फरक हुने अध्यक्ष शर्माले दावि गरे । मेलामा सहभागी हुन आउँनेहरुको स्मार्ट गेटको प्रयोग नै यसपटकको सबैभन्दा नयाँ प्रविधि हुनेछ । कागजको टिकटबाट बढी फोहोर हुने भएकोले सरसफाइलाई ध्यानमा राखेर स्मार्ट गेट निर्माण गरिएको सचिव सन्तोष भुसालले जानकारी दिए । उनका अनुसार चितवनकै विद्यार्थीहरुले उक्त गेट बनाएका हुन् । चितवनवासीलाई सूचना प्रविधिबारे जानकारी दिन सकिने महत्वपूर्ण उदाहरण नै स्मार्ट गेट बन्नेमा उनले विश्वास दिलाए । 

null

साथै, सुरक्षा सम्बन्धी उपकरण, आइडिया हान्टलगायतका नयाँ प्रविधिको समेत प्रदर्शनी हुनेछ । उक्त मेलामा करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेलाको पूर्वसन्ध्यामा बिहीबार मोटरसाइकल र्‍यालीसमेत आयोजना गरिएको थियो । नारायणगढको लायन्सचोकबाट सुरू भएको उक्त र्‍याली शहिदचोक, पुल्चोक, गणेशचोकबाट मिलनरोड हुँदै पुनः सहिदचोक निस्किएर लायन्सचोक , वीरेन्द्र क्याम्पस गेटबाट विशालचोक, बाइपास रोडबाट मालपोत चोक हुँदै अस्पताल रोडबाट चौबीसकोठी भएर हाकिमचोक हुँदै स्याउलीबजारबाट औद्योगिक प्रदर्शनी केन्द्रमा आएर टुंगिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *