नगर स्तरीय मेयरकप फुटबल प्रतियोगिता २०७५ शुरु 

फागुन ८, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका १ भुरुवामा हिजाे मंगलबार देखि नगर स्तरीय मेयरकप फुटबल प्रतियोगिता २०७५ शुरु भएको छ । नगर स्तरीय नगर खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगितामा वडा नम्बर १ देखि १० सम्मका वडा समिति बाट छनोट भई आएका १० वटा टीमको सहभागिता रहेको छ । 

 

नगर खेलकुद विकास समिति लम्कीचुहाका अध्यक्ष चक्र खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथीमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहेका थिए  भने बिशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा रहेका थिए । नगर खेलकुद् बिकास समिति लम्कीचुहाका कोषाध्यक्ष बबितिा पाण्डे न्यौपानेको स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले खेलको माध्यामबाट नगरपालिकालाई चिनाउन खेलाडि लाग्नु पर्नेमा जोड दिएका थिए । 

null

कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले हरेक मान्छे सँग एक न एक प्रतिभा हुने गरेको बताउँदै प्रतिभाको खोजीको लागि लम्कीचुहा नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता आयोजना गरेको बताए । 

 

कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बमले दखेशलाई विश्वमा चिनाउन पनी खेलकुद महत्वपुर्ण भएको बताउँदै सबै खेलाडीले सक्रियताका साथ आफ्नो कला खेलबाट प्रस्तुत गर्न आग्रह गरे। 

लम्कीचुहा नगरपालिकामा नगर खेलकुद विकास समिति गठन भै सकेपछि पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता यस अघि नै सम्पन्न भइ सकेको छ भने फुटबल प्रतियोगिता शुरु भएको र नगरपालिकाको सहयोगमा आगामी दिनमा समेत बिभिन्न खेलकुदहरुको आयोजना गरिने कार्यक्रमका संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र खनालले बताए । 

कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत नारायण प्रसाद खनालले स्वाथ्य रहनका लागि खेलकुद अनिवार्य भएको बताउँदै सक्षम र सलव नागरिक उत्पादन गर्नका लागि खेलकुद अनिवार्य भएको बताए। 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी लम्कीचुहाका प्रतिनिधि विश्वेश्वर प्रसाद उपाध्यायले खेलले नै खेलाडीको भविष्य निमार्ण गर्ने बताउँदै सबै खेलाडीलाई उत्साह जनक ढंगबाट खेल्न आग्रह गरेका थिए । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लम्कीचुहा नगर समितिका प्रतिनिधि लव बहादुर शाहीले लम्कीचुहा नगरपालिको पहिचानका लागि खेलकुद महत्वपुर्ण भएको बताउदै खेलकुद् क्षेत्रलाई सफल बनाउन नगर पालिकाले खेल्नु पर्ने भुमिका खेल्न नसकेको भन्दै गुनासो गरेका थिए । हिजाे पहिलो दिन वडा नम्बर ६ र १० का टीम बिच खेल भएको आयोजकले जनाएको छ ।  

लम्कीचुहा मेयर कप फुटबल प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ६ को विजयी शुरुवात लम्कीचुहा मेयर कप फुटबल प्रतियोगिताको हिजाे मंगलबार भएको पहिलो खेलमा वडा नम्बर ६ ले विजयी शुरुवात गरेको छ । हिजाे मंगलबारको पहिलो उद्घाटन खेल वडा नम्बर ६ र वडा नम्बर १० को बिचमा प्रतिस्प्रर्धा भएको थियो । खेलमा वडा नम्बर १० लाई ३ गोल हान्दै वडा नम्बर ६ ले विजयी सुरुवात गरेको हो । 

यसैबिच आज बुधबार दोस्रो दिनको पहिलो खेल पञ्चकोशि खेलमैदानमा वडा नम्बर ४ र ८ विच हुनेछ भने, दोस्रो खेल नम्बर ३ र ७ बिच हुने नगर खेलकुद विकास समिति लम्कीचुहाका अध्यक्ष चक्र खनालले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *