सालको काठ सहित चितवनमा दुईजना पक्राउ

फागुन ३, चितवन । ठूलो परिमाणको सालको काठ सहित चितवनमा दुईजना पक्राउ परेका छन् । 

रत्ननगर नगरपालिका १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरुलाई इच्छाकामना गाँउपालिका ७ हरिपुर स्थित सब डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक वनबाट ११ थान गोलिया ‘१ सय ४ क्यूफिट’ सालको काठ सहित पक्राउ गरिएको हो । 

null

बजार मूल्य अनुसार सो काठ करिब साढे चारको हो । काठ तस्करमा प्रयोग भएको ना४च ७९४३ र ना४च ९३१० नम्बरको बोलेरो पिकअप समेत नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

विशेष सूचनाका आधारमा हरिपुर सव डिभिजन वन कार्यालय र रानीखोला सामुदायीक बन कार्यालयको गस्ती टोलीले सो काठ बरामद गरेको हो । 

तस्करमा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाहरुलाइ वन ऐन २०४९ अन्तर्गत कारवाही गरिने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *