श्रीमतीको हत्या गरेर टाउको लिई प्रहरी चौकी श्रीमान् पुगेपछी

फागुन १२। भारतको मध्य प्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको लिएर प्रहरी चौकी पुगेका छन् ।बीबीसीका अनुसार बुधबार यो घटना प्रदेशको राजधानी भोपालबाट झण्डै ४५० किलोमिटर टाढा रहेको मुरैना जिल्लाको चम्बर इलामा भएको हो । 

 

मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै भन्छन्, ‘घटना बुधबार बाहिर आएको हो । कल्याण शाक्यवार नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर थानामा आफै विरुद्ध उजुरी दिन आएका थिए । उनले आफूले श्रीमतीको हत्या गरेको बताए । उनलाई तुरुन्तै गिरफ्तार गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’ 

null

प्रहरीका अनुसार कल्याण र उनकी श्रीमती पंकजबीच सधैँजसो झगडा हुन्थ्यो । हरेक दिनजसो उनीहरुबीच झगडा हुन्थ्यो । बुधबार फेरि उही सिलसिलामा झगडा बढ्दै गएपछि कल्याणले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको हो । 

उनीहरुको विवाह १० वर्षअघि भएको थियो । उनीहरुका तीन छोराछोरी पनि छन् । श्रीमतीको हत्या गरेर उसले टाउको हातमा झुण्ड्याउँदै कल्याण महुवा प्रहरी चौकी पुगेको थियो । उसको हातमा एक महिलाको टाउको देखेर सबै डराइरहेका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *