मुअब्जाका लागि अदालत धाउँदै पिडित
फागुन १, जुम्ला । जुम्ला देखि डोल्पा जोड्ने पुल संचालनमा आएको ३ वर्ष पुगी सक्दा पनि स्थानीयले मुअब्जा नपाएपछि अदालतको श्रण पर्न बाध्य भएका छन । जुम्ला–डोल्पा सडक अन्तर्गत दानसांघु स्थित जवा नदीमा लगाइएको पुल नजिकैका जग्गाधनीले मुआब्जाको लागि पटक पटक पुलमा जोडिएको चन्दननाथ नगरपालिका र गुठीचौर गाउपालि धाउँदा पनि मुअब्जाका पाएनन्।
पुल बनेको ३ वर्ष बितिसक्दा पनि मुअब्जा पाउँन नसकेको जग्गाधनी नन्द प्रसाद देबकोटाले वताए । सरोकारवालाले दुई तिन वर्ष देखि मुआब्जा दिने भन्दै आश्वासन दिएपनि हाल सम्म मुअब्जा नपाएपछि अदालत जाना बाध्य भएका हौ उनले भने, मुअब्जाका लागि तत्कालीन जिल्ला विकास समिति र चन्दननाथ नगरपालिकाले मुल्याङ्कन टोलिनै गठन गरि क्षेतिपूर्ति दिनका लागि सिफारिस गरिक्दा पनि कुनै सुनुवाई भएन ।
अन्तर जिल्ला जोड्ने सकड र पुलमा दुई दर्जन बढीको जग्गा क्षति भएको छ तर मुआब्जा दिन कसैको ध्यान नगएको अर्का जग्गाधनी मयालाल देवकोटालले बताए । सरोकारवाला बीच पटक-पटक छलफल भएपनि निष्कर्ष निस्कन सकेन उनले भने, नापी कार्यालय, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिका प्राविधिकसहितको टोलीले क्षति मुल्याङ्कन गरि क्षेतिपूर्ति दिने निर्णय समेत गर्दा पनि सरोकारवाला निकायहरुवाट न्याय पाएनौँ ।
null
पुल निर्माण गर्दा क्षेति पुगेको जग्गाधनीहरुलाई चन्दननाथ नगरपालिकाले ५२ लाख र गुठीचौर गाउँपालिकाले ४० लाख रुपैँया मुअब्जा दिने निर्णय गरेका छन् तर उनिहरुले अहिले सम्म पनि जग्गाधनीलाई मुअब्जा दिन सकेनन् । सर्वदलिय बैठकमा चन्दननाथ नगरपालिकाले म्याचिङ्ग फण्डमा छुटाएको ५२ लाख रुपैया दिने निर्णय गरेपनि पटक पटकका कार्यपालिकाको बैठकमा यो विषयले प्रवेशनै नपाएको नगर प्रमुख कान्तिका सेजुवालले बताइन् ।
दानसाँघुको पुल बनेको बिवादित जग्गा आफ्नो क्षेत्र भित्र नपरेको भन्दै गुठिचौर गाउँपालिकाको कार्यपालिकाको बैठकमा पनि यो बिषयले प्रवेश पाउँन नसकेको गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । जिल्ला स्तरका सरोकारालाहरु बीच भएको बैठकमा प्राविधिक टोलिले पेश गरेको क्षेति मुल्याकंन रिपोट अनुसारको क्षेतिपूर्ति दिने भन्दै चनन्दननाथ नगरपालिकाको तर्फबाट उपमेयर अप्सरादेवि न्यौपाने र गुठिचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले हस्ताक्षर गरेपनि आफ्नो निर्णयबाट अहिले दुबै पछि हटेपछि अदालतको ढोका खोज्न बाध्य भएको पिडितहरु बताउँछन ।
तिन वर्ष अघि भण्डै ५ करोड रुपैँयाको लागतमा दानसाघुमा अन्तरजिल्ला जोड्ने पक्की पुल वनेको थियो । पुल बनेको तिन वर्ष बितिसक्दा पनि राम्रो सँग प्रयोगमा आउँन सकेको छैन । तत्कालिन जिल्ला विकास समितिले निर्माण गरेको पुल आसपासका जग्गाधनीलाई मुअब्जा दिनको लागि जिल्ला विकास समितिले पनि मुल्याकंन टोलि गठन गरेको थियो पछि संघियतामा गएपछि जिल्ला समन्वय समितिले पुर्न मुल्याकंन टोलि गठन गरेको थियो ।