देश तोड्न खोज्ने प्रधानमन्त्रीलाई हटाउनुपर्छः राहुल गान्धी

२०७५ माघ २४ गते

माघ २४, काठमाडौँ । कांग्रेस अध्यक्ष राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रोश पोखेका छन् ।
भारतमा घृणा फैलाएर शासन गर्न नमिल्ने भन्दै राहुलले कांग्रेसले २०१९ मा नरेन्द्र मोदीलाई हराउने बताए ।
कांग्रेसका राष्ट्रिय अल्पसंख्यक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राहुल बीजेपीका साथै आरएसएस र संघ प्रमुख मोहन भागवतामाथि पनि खनिए ।
null
राहुल गान्धीले प्रम मोदीमाथि आक्रोश पोख्दै भने, ‘कुनै पनि देशका प्रधानमन्त्री तोड्नेवाला होइन, जोड्नेवाला हुनुपर्छ । होइन भने यस्ता प्रधानमन्त्रीलाई हटाउनुपर्छ ।’ उनले आरएसएसले नागपुरबाट देश चलाउन चाहेको पनि बताए ।
राहुलले यो देश कुनै एक धर्म या जातिको नभएको बताए । ‘यो देश बनाउन सबै अल्पसंख्यक समुदायको योगदान छ’, उनले भने ।

२०७५ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित