चीनमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा २१ को मृत्यु

२०७५ फागुन १३ गते

फागुन १२, होहोट । चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन् । जस्ता र चाँदीको खानीमा स्थानीय समय अनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
चीनका कोइला समेतका अरु खानीहरु मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छ । चीनमा बर्सेनि सयौंको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।
null

२०७५ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित