खेलकुद विकास र नमूना रङ्गशाला निर्माणको लागी दोस्रो आमन्त्रित गौरीगंगा कप

फागुन ५, मसुरिया । विश्वमा राष्ट्लाई चिनाउने र राष्ट्को गौरव बढाउने कार्यमा खेलकुदमा महत्वपुर्ण भुमिका रहन्छ । यसै खेलकुद मार्फत देशलाई चिनाउन र खेलकुद विकास र नमुना रङ्गशाला निर्माणको लागी कैलालीको गौरीगंगा नगरपालिकामा हुन गईरहेको दोस्रो आमन्त्रित गौरीगंगा कप फागुन २५ देखी चैत ४ सम्म हुने खेलको बारेमा मसुरियामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

गौरीगंगा नगरपालिका भित्रका विद्यालयका प्रअहरु शिक्षक, विभिन्न वडाहरुमा रहेका क्लवका प्रतिनिधी, जनप्रतिनिधी, व्यापारी लगायतको सहभगितामा अन्तक्रिया कार्यक्रम भएको थियो । गौरीगंगा ११ स्पोर्ट क्लवको आयोजनामा हुन गईरहेको छ । गौरीगंगा स्पोर्ट क्लव अध्यक्ष दिनेश कलेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति गौरीगंगा नगरपालिकाका नगरप्रमुख भिम बहादुर देउवा रहेका थिए । 

null

कार्यक्रमा बोल्दै गौरीगंगामा दास्रो पटक ठुलो धन राशीको खेल गर्ने  क्लवलाई नगरपालिकाबाट धन्यवाद सहित आफूले सक्ने सहयोग गर्नै बताएका छन र नगरपालिकाबाट खेलमैदानको लागी २० लाख विनियोजन समेत गरेको बताएका छन । 

 

कार्यक्रमा पूर्व सांसाद कृष्णकुमार चौधरी,काली रक्षा गण बदैपुरका गणपति सुरेश थापा, नेपाली काग्रेशका क्षेत्रिय सभापति दिनेश राज जोशी, नेकापाका बीर बहादुर मन्नी, गौरीगंगा वडानम्वर ४ का वडा अध्यक्ष भगरति बिष्ट, ८ का वडा अध्यक्ष तुला राम सापकोटा, ९ का वडा अध्यक्ष हरि तिवारी लगायतकाले शुभकामना मन्तव्य दिएका थिए ।  

प्रथम आमन्त्रित  गौरीगंगा कपको सफलता पछि दोस्रो आमन्त्रित  गौरीगंगा कपको आयोजना गरेको आयोजकले बताएका छन । करिब २६ लाखको लागतमा खेल हुने छ । जसको प्रथम पुरस्कार ३ लाखको राशी र दोस्रोलाई १ लाख ५० हजार रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *