प्रदिपले दिए फिल्म क्याप्टेनको लागि अनमोललाई शुभकामना

माघ २४, काठमाडौँ । नेपाली फिल्म जगतमा अहिलेको जल्दाबल्दा अनि प्रतिस्पर्धी नायकको रुपमा चिनिने दुई नायक हुन् प्रदिप खड्का र अनमोल के.सी । केहि दिन अगाडी नायक प्रदिप खड्काले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा अनमोललाई फिल्म क्याप्टेनको लागि शुभकामना दिएका छन् । 

 

अनमोलले पनि उनले लेखेको स्टाटसमा कमेन्ट गर्दै शुभकामनाका लागि धेरै धेरै धन्यवाद प्रदिप लेखेका थिए र प्रदिपलाई फिल्म ‘लभ स्टेशन’का लागि अग्रिम शुभकामना समेत दिएका थए । 

null

नायक अनमोल र प्रदिप विच फिल्म क्षेत्रमा स्टारडमको लडाई भएपनी पछिल्लो समयमा भने यी दुई नायकको निकटताको बारेमा चर्चा चल्न थालिसकेको छ । नायक प्रदिपले फिल्म क्याप्टेनको तारिफ गर्दै क्याप्टेनको ट्रेलर आफूलाई धेरै मन परेको बताउँनुकाे साथै नेपाली फिल्मकाे दर्शक बढेको अनुमान लगाउन सक्ने समेत बताएका  छन् । 

नायक अनमोलद्धारा अभिनित फिल्म क्याप्टेन यही फागुणा १७ गतेबाट प्रदर्शनमा आउँदै छ भने नायक प्रदिपद्धारा अभिनित फिल्म ‘लभ स्टेशन’ चाँही चैत्रको २२ गतेबाट प्रदर्शनमा आउँने भएको छ । 

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *