चालकसँग ‘एक मिनेट’ यात्रुसँग ‘एक मिनेट’ अभियान

फागुन २, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको समस्या समाधान गर्न र बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले चालकसँग ‘एक मिनेट’ यात्रुसँग ‘एक मिनेट’ अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक महाशाखाले दैनिक रूपमा विभिन्न समयमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रु र चालक सँग एक/एक मिनेट अभियान सञ्चालन गरेको हो । 

 

सवारी चालक र यात्रुलाई ट्राफिक जानकार दिन दुई मिनेट प्रशिक्षण दिने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले ट्राफिक प्रहरीको चेकिङमा चालक सँग एक मिनेट यात्रु सँग एक मिनेट अभियान अन्तर्गत चालकले मापसे गरि सवारी साधन चलाए नचलाएको, फ्लोसेन्ट ज्याकेट लगाएको नलगाएको, सवारी साधनमा अश्लील शब्द प्रयोग भए नभएको, अपाङ्ग, अशक्त, वृद्ध महिलाको आरक्षण सिट कायम भए नभएको अनुगमन गरी लागु गर्ने अभियान रहेको बताए । 

null

उनका अनुसार अभियानमा चालक, सहचालकको यात्रुसँगको व्यवहार अनुगमन गर्ने, सवारी साधनमा सरसफाई, सिटको अवस्था निरिक्षण, गाडीको साउण्ड प्रदुषणले यात्रुहरूलाई कुनै समस्या पारे नपारेको, बाल मजदुर प्रयोग भए नभएको लगायतको अनुगमन तथा कारवाही गरिनेछ । ‘हाम्रो अभियान एक हप्ता सम्म जारी रहने छ आवश्यक्ता अनुसार थप गर्न सकिनेछ । चेक जाँचमा समस्या पाए तुरून्त कारवाही गर्छाै ।’ उनले भने । 

 

सवारीका साधन तीव्र गतिमा कुदाउँदा धनजन क्षति हुने गरेको भन्दै महानगरीय प्रहरी महाशाखाका प्रहरी निरिक्षक केशव राज भट्टले सवारी बिस्तारै हाँकौँ आफू पनि बाँचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ चालक र सहचालकलाई एक मिनेट सडकमै रोकेर सिकाउने योजना छ । 

अभियान अन्तर्गत चेकजाँच गर्दै गर्दा महानगरीय ट्राफिक प्रहरी नागढुंगाका प्रमुख प्रहरी नायव निरिक्षक हरी भट्टराई भन्छन । ‘दिनहुँ फरक-फरक स्थानमा फरक-फरक प्रकृतिका सवारीका चालक तथा सहचालकलाई ट्राफिकले जानकारी दिने गरेका छौं ।’ 

महाशाखाका प्रमुख बसन्त पन्थका अनुसार उपत्यका भरिनै सो अवसरमा चालकहरुलाई गति सिमित गरी सवारी चलाउनु पर्ने, ट्राफिक नियमको पालना गर्ने, मार्दक पदार्थ सेवन गररे गाडी नचलाउने, कागजपत्र सधै साथमा लिएर सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु नचढाउन सचेतना दिइन्छ । यसका अलावा चालकहरु सँग सडक दुर्घटना कम गर्न सकिने संम्भावना लगायतका बिषयमा छलफल समेत गरिने अभियान रहेको छ । 

ट्राफिक महाशाखा रामशाह पथका अनुसार यो अभियानले यात्रु र चालक दुवैलाई सहजिकरण छ । अभियानमा पैदलयात्रीदेखी स्थानीय सम्मलाई प्रहरीले ट्राफिक नियम सिकाउने छ । पैदल यात्रीहरूलाई पनि भेला गरी सडक सुरक्षा सम्बन्धी वेलावेलामा जनचेतनामूलक जानकारी दिनुका साथै ट्राफिक नियम सिकाउन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *