नेविसंघको कार्य समिति भंग

नेपाली कांग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यसमिति भंग गरेको छ । मंगलबार बसको केन्द्रीय कार्यसमिति बैठकले नैनसिंह महरको अध्यक्षतामा रहेको कार्यसमितिको समयावधी समाप्त भैसकेकोले नेविसंघको कार्यसमिति भंग गरेको हो । बैठकले महरको कार्यकालमा भएका सबै निर्णय र मनोनयन बदर गर्ने निर्णय गरेको छ ।  

संघको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि संघका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन राजीनामा स्वीकृत भएको थियो ।  

कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *