यि युवाले १० लाख पाउन्डकाे चिठ्ठा जितेपछी किन माक्स लगाएर पुरस्कार थापे ?

फागुन ३ ।  जमैकाका एक युवकले अमेरिकामा १० लाख पाउन्डको चिट्ठा जितेका छन् । यद्यपी, उनले चिट्ठा जितेको ५४ दिनपछि मात्र पुरस्कार थापेका छन् । उनी पुरस्कार थाप्न मास्क लगाएर पुगेका छन् । 

एक वेबसाइटका अनुसार युवकको नाम ए क्याम्पबेल हो । आफन्तले नचिनुन् भन्नका लागि उनले मास्क लगाउने निर्णय गरेको बताए । 

 

null

मास्क लगाएर नै खिचे फोटोः 

क्याम्पबेलले इनाम लिएको तस्बिर आयोजकले सोसल मिडियामा पनि सेयर गरे । उनले उनलाई डरलाग्दो मास्क लगाएर डान्स गरेको र ठूलो चेकसहित घुमिरहेको देख्न सकिन्छ । क्याम्पबेलका अनुसार उनी आफ्ना लोभी आफन्तसँग पैसा बाँड्न चाहँदैनन् त्यसकारण मास्क लगाएरै पुरस्कार लिए, फोटो खिचाए । 

क्याम्पबेलले जुन मास्क लगाएका थिए त्यो हलिउड फिल्म ‘स्क्रिम’ बाट लोकप्रिय भएको थियो । अमेरिकामा यो मास्क ह्यालोविनको मौकामा पनि प्रयोग हुन्छ । 

 

पहिचान लुकाउनुको कारणः बढ्दो अपराध दर 

क्यारेबियन देशमा साधारणतया मानिसहरु भेष बदलेर चिट्ठामा जितेको रकम लिन पुग्छन् । यसका कारण यी देशमा बढ्दो अपराध दर हो । मानिसहरुलाई लाग्छ कि पहिचान उजागर हुँदा उनीहरु र उनको परिवारलाई पैसाका लागि हत्या गरिने सम्भावना छ । गत वर्ष जूनमा पनि एक चिट्ठा बिजेता स्माइल इमोजी लगाएर इनाम रकम लिन पुगेका थिए । उनले १८ करोड जमैकन डलर जितेका थिए । एजेन्सी 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *