चलचित्र बिकास बोर्डको अध्यक्षमा निर्माता संघका बरिष्ठ उपाध्यक्ष भट्टराई सिफारिस

निकिता पौडेलले चलचित्र बिकास बोर्डबाट राजिनामा दिएपछि रित्त अध्यक्ष पदमा निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नाम सिफारिस भएको छ । नेकपाबाट उनको नाम मन्त्रालयमा सिफारिस गरिएको हो। 

नेकपा निकट चलचित्र क्षेत्रका सल्लाहकार संयोजक दिनेश डिसी र नेकपाको जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले संयुक्त रुपमा नेकपामा केशब भट्टराईलाई अध्यक्ष बनाउन सिफारिस गरेका हुन् । 

उनले सोमबार पदभार ग्रहण गर्नेसमेत बताईएको छ।  

null

यसअघि सञ्चारमन्त्री गोकुल बास्कोटा उपस्थित हुने मन्त्रालयको बैठकमा निकिता जानकारी बिना अनुपस्थित भएपछि उनीसंग स्पष्टीकरण माग गर्न निर्देशन दिँदै मन्त्री बास्कोटाले आक्रोसित हुँदै कारवाही गर्ने चेतावनी दिएका थिए । 

यसैगरी निकितालाई राजिनामा दिन लगाउन मन्त्री बास्कोटाले निर्देशनसमेत दिएका थिए। कारवाहीमा पर्ने भएपछि व्यक्तिगत कुरा देखाउँदै निकिताले पदबाट राजिनामा दिएकी थिईन् । उनी देउवा सरकारको पालामा अध्यक्ष पदमा नियुक्त भएकी थिईन् । उनलाई ओली सरकारले बर्खास्त गर्ने समेत निर्णय गरेको थियो तर निकिताले पुर्नवहालीका लागि सर्बाेच्च गुहारेपछि उनी पुन काममा फर्किएकी थिईन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *