‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गर्ने तयारी हुँदै

माघ २५, काठमाडौँ । नायिका झरना थापाद्धारा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गर्ने तयारी भईरहेको छ । 

 

उक्त फिल्ममा स्वयम् झरना थापाकै छोरी सुहाना थापालाई नायिकाको रुपमा नायक अनमोल के.सी. को जोडी भएर पर्दामा देख्न पाईने छ । नायिका तथा निर्देशिका झरना ले ‘ए मेरो हजुर ३’ बाट नै आफ्नै छोरी सुहानालाई डेब्यू गराउएकी हुन् । 

null

आईतबार निर्माता सुनिल कुमार थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गर्ने तयारी भईरहेको छ । निर्माता थापाले हतारिदैँ टिजर सार्वजनिक गर्न लाग्नुको हो अनमोल के.सी.  किनकी, ‘ए मेरो हजुर ३’ को मुख्य नायक अनमोलद्धारा अभिनत  फिल्म ‘क्याप्टेन’ फागूणको १७ गतेबाट प्रदर्शनमा आउँदैछ तर निर्माता थापा क्यापटेन प्रदर्शन हुनु अगाडी नै ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गर्न चाहन्छन् 

उक्त फिल्मको छायाँकन नेपाल र अमेरिकामा गरिएको छ भने फिल्म ‘ए मेरो हजुर ३’ चैत्रको २९ गते बाट प्रदर्शनमा आउँने खबर प्राप्त भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *