अपराध स्वीकार गराउन प्रहरीद्वारा सर्पले बेरेर यातना (भिडियाेसहित)

माघ २९, काठमाडौँ । चोरीको आरोप लागेका एक युवालाई प्रहरीले सर्पले बेरेर यातना दिएको छ । 

इन्डोनेसियामा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा चोरीको आरोप लागेका ती युवालाई डर देखाउन तथा अपराध कबुल गराउन सर्पले बेरेर यातना दिइएको छ । 

करिब डेढ मिनेटको उक्त भिडियोमा दुई मीटर जति लामो सर्प घाटीमा बेरिएको छ । पीडितको हात पनि बाँधिएको छ । सर्प उनको शरीरमा चलिरहेको देख्न सकिन्छ । यतिमात्रै होइन, चोरीको आरोप लागेका युवा नजिकका अर्का व्यक्तिले उक्त सर्पलाई उनको अनुहार नजिक लिएर गएको पनि देख्न सकिन्छ । 

null

सर्पले बेरेर उनलाई निकै आतंकित पार्न खोजिएको छ । सर्पबाट बच्न उनी निक्कै चिच्याइरहेको, यातना दिने प्रहरी हाँसीहरुको देखिन्छ भिडियोमा । हिरासतमा लिइएको उक्त व्यक्ति पापुआ क्षेत्रका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *