नायक आर्यन र नायिका प्रियंका के गर्दैछन् सिक्किममा

माघ २७, काठमाडौँ । विकासराज आचार्यद्धारा निर्देशित फिल्म ‘हजार जुनीसम्म’को सुटिङ्गको लागि नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की हाल सिक्किममा पुगेका छन् । उक्त फिल्मको एक गीत सिक्किमका बिभिन्न स्थानमा छायाँकन भइरहेकोले आर्यन र प्रियंका सिक्किममा पुगेका हुन् 

 

चाँगु लेकमा खिचिएको उक्त फिल्मको गीतमा आर्यन र प्रियंका निकै रोमान्टिक जोडी देखिएका छन् । फिल्म ‘हजार जुनीसम्म’ को छायाँकनकाका लागि काठमाडौं, पोखरा र सिक्किमका स्थान छानिएको हो । 

null

फिल्ममा मुख्य कलाकारहरुमा प्रियंका र आर्यन लगायत अक्की प्रधान, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसी रहेका छन् ।  अक्कीले फिल्म ‘हजार जुनीसम्म’ बाट डेब्यु  गरेकी हुन् ।  

फिल्मको आधाभन्दा बढी छायाँकन अहिले सकिसकेको निर्देशक आचार्यले बताएका छन् भने उक्त फिल्मको निर्माण सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले गरेका हुन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *