प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

२०७५ फागुन २ गते

फागुन २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्पूर्ण देशवासीलाई सम्बोधन गर्दैछन् ।
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रम ओलीले अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।
प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारले एक वर्षमा गरेका उपलब्धी तथा भावी योजना प्रस्तुत गर्ने उनको निजी सचिवालयले जनाएको छ ।
null
निर्वाचनपछि ओली दोस्रो पटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पूरा हुँदैछ । तत्कालिन माओवादी केन्द्रको समेत समर्थन प्राप्त गरेपछि ओलीलाई ३ फागुन ०७४ मा संविधानको धारा ७६ ९२० अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।
पहिलोपटक उनी ०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए ।

२०७५ फागुन २ गते
प्रतिक्रिया