नेहाले खोलिन् हिमान्शसँगको ब्रेकअपको रहस्य

माघ २७, काठमाडौँ । बलिउडकी चर्चित गायिका नेहा कक्कडको आवाज युवापुस्ता माझ निकै नै लोकप्रिय छ । बलिउडमा उनको आवाजको जादु छुट्टै छ । नेहा पनि हासीखुशी नै देखिन्छिन् । तर रिल लाइफमा मात्रै । किनकि नेहाको रियल लाइफ हिमान्शसँगको ब्रेकअपपछि त्यति खुशी छैन, उनी दुःखी छिन् । 

केही समय अघि नेहा र हिमान्शको ब्रेकअप भएको थियो । उनले नै सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी गराएकी थिइन् । ब्रेकअप पश्चात् नेहा टुटेकी थिइन् ।  तर ब्रेकअपको कारण खुलाएकी थिइनन् ।  

हालसालै नेहाले एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका केही कुराहरु सार्वजनिक गरेकी छिन् । यसबाट उनी अझै पनि पीडामा नै छिन् भन्ने जनाउँछ । 

null

 

नेहाले भनिन्, ‘जब म हिमान्शसँग रिलेशनशिपमा थिएँ, मैँले आफ्नो परिवार र साथीभाइलाई समय दिन पाएकी थिइनँ । मैंले आफ्नो सारा समय र इनर्जी यस्तो मानिसलाई दिइरहेको थिएँ, जो यसको लायक नै थिएन । यसको बाबजुद पनि ऊ सदैव गुनासो गथ्र्यो कि मैंले उसलाई समय दिइनँ । म फेरि प्रेम गर्न तयार छैन । यस समय एक्लै रहनु नै मेरो खुशी हो । जे भयो त्यसमा म खुशी छु । किनकी यसबाट मैंले परिवार र साथी भाइको महत्व बुझें ।’ 

नेहाले अघि भनिन्, ‘त्यो चरण निकै नै कष्टपूर्ण थियो । हो म डिप्रेशनमा थिएँ । विछोडको सामना गर्नु नै मेरो खराब समय थियो । यद्यपी म अब पीडाबाट बाहिरिएकी छु । अहिले म यति मात्र भन्न सक्छु कि एक्लो रहनु मेरो जीवनको उत्तम अनुभूति हो ।’ 

केही दिन अघि नेहाले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकि थिइन्, ‘सिंगल रहनुको ठूलो फाइदा, तपाईं समयमै सुत्न पाउनुहुन्छ ।’ 

नेहाले हालसालै नयाँ घर र कार किनेकी छिन् । यसबाहेक नेहाले एकपछि अर्को हिट गीत पनि दिइरहेकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *