पर्यटक प्रहरीलाई दक्ष र प्रविधि युक्त बनाउनु पर्नेमा जोड

पुस २०, जनकपुर । केन्द्रीय पर्यटक प्रहरीले दुई नम्बर प्रदेश अन्तर्गत जनकपुरमा पर्यटक, प्रहरीको समग्र पर्यटन सुरक्षा भुमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । 

पर्यटन विभाग भृकुटीमण्डप केन्द्रीय पर्यटक प्रहरी इकाईले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का उद्योग वन, पर्यटन तथा बाताबरण मन्त्री राम नरेश रायले बर्तमान परिवेश अनुसार पर्यटनको केन्द्र बिन्दु जनकपुरमा पर्यटक प्रहरीको भुमिकालाई सशक्त र प्रभावकारी बनाउनु पर्ने बताए । 

 

null

उनले समग्र पर्यटन विकासमा सरकार लागि रहेको जोड दिँदै, पर्यटक प्रहरी अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय एक आपसमा मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।  

केन्द्रीय पर्यटक प्रहरी प्रमुख अमृत बहादुर बस्नेतले पर्यटक प्रहरी सम्बन्धित प्रस्तुतिकरण गर्दै समग्र पर्यटकीय स्थलहरूमा पर्यटकको सुरक्षा चुस्त राखेको बताए । बस्नेतले लामो समय देखि पर्यटक प्रहरीहरू जनकपुरमा काम गर्दै आईरहेको जानकारी गराउँदै, थप प्रभावकारी बनाउन पर्यटकीय स्थलहरूमा पर्यटक सुचना केन्द्र र प्रविधि मैत्री बनाउन खाँचो रहेको औंल्याए । 

कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेल, जनकपुर उपमहानगरपालिकाका उपमेयर रिता मिश्र, संघिय प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोईरालाले पर्यटन क्षेत्र र पर्यटन विकासमा पर्यटक सुरक्षा संवेदनशील विषय भएका कारण राज्य स्तरमै पर्यटक प्रहरीको प्रभावकारिता दक्षता र प्रविधिको विकासमा जोड दिनु पर्ने बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *