नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

 

माघ १३, काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । 

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नाराबाजी गर्दै नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहानै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । 

null

कांग्रेसको विरोधकाबीच पनि चिकित्सा शिक्षा विधेयक शुक्रबार संसदबाट पारित गरिएको थियो । यसको विरोधमा कांग्रेसले आन्दोलनको तयारी गरिरहँदा नेविसंघले काठमाडौँको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरी प्रदर्शन गरेको हो । 

प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्ताले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *