ऐश्वर्यालाई आएको त्यो कमेन्ट, जुन सम्झेर आज पनि रुन्छिन्

 

पुस २६, काठमाडौँ । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री एश्वर्या राय बन स्वदेशमा मात्रै नभइ विदेशमा पनि उत्तिकै जमेकी छिन् । 

उनका फ्यानहरु नेपालमा मात्रै होइन विश्वभरी नै छन् । धेरैले रुचाएकी अभिनेत्री एश्वर्यालाई नराम्रा प्रतिक्रिया पनि आउँछन् भन्दा उनका फ्यानलाई पत्याउन मुश्किल नै हुन्छ । तर उनको जीवनमा एउटा यस्तो भद्दा कमेन्ट आएको थियो, यो उनले अझै भुल्न सकेकी छैनन् ।  

null

उक्त कमेन्ट उनलाई पाँच वर्ष पहिले ‘कफि विथ करण’ को शो मा अभिनेता इमरान हाशमीबाट प्राप्त भएको थियो । 

करणको शो मा इमरानसँग र्यापिड फायर राउण्ड भइरहेको थियो र करण जौहरले प्रश्न गरे एश्वर्या, यसमा अभिनेताले भने ‘फेक या प्लास्टिक’ । एश्वर्याले नै यसको खुलासा गर्दै आफूले उक्त कमेन्ट कहिल्यै भुल्न नसकेकाे बताएकी थिइन् । 

यद्यपी एश्वर्याको असन्तुष्टि बुझेका अभिनेता इमरानले भनेका थिए, ‘की मैँले यो कुरा हँसी मजाकमा गरेको थिएँ । किनकी मलाई यो गिफ्ट जित्नु थियो ।’ 

त्यसपश्चात् ऐश्वर्याले इमरानसँग कुनै पनि फिल्म् खेलेकी छैनन् । इमरानले भने उनीसँग कुनै समस्या नभएको र आफू उनको ठूलो फ्यान भएको बताउँदै आएका छन् ।  

यदि एश्वर्यासँग उनको भेट भयो भने पक्कै पनि उनले माफी माग्ने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *