सपथ ग्रहण समारोहमै किन ढले कंगोका राष्ट्रपति ?

माघ ११ किन्शास । लोकतान्त्रिक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै बिरामी भएका छन् ।
बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी बिरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
null
शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उनले देशको नेतृत्व गर्न लागेकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो ।
राज्यद्धारा संचालित टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरिरहेको सो ऐतिहासिक कार्यक्रममा मन्तव्य दिईरहेका बेला उनले ‘मलाई असहज महुशस भयो’ भनेका थिए । त्यसपछि उनको मन्तव्य रोकिएको थियो ।
नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका छन् । उनी कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस) का प्रमुख हुन् । एजेन्सी








