दीपक मनाङेको सपथबारे आज छलफल

गण्डकीको प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे‘ लाई सपथ खुवाउनेबारे आइतबार छलफल हुने भएको छ। 

गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले मनाङेको सपथबारे छलफल गर्न आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन्। ‘उहाँको सपथबारे माननीयज्यूहरूका फरक फरक धारणा छन्, आजको बैठकले जे निर्णय गर्छ त्यहीअनुसार हुन्छ,’ सभामुख अधिकारीले भने। 

उनले मनाङेलाई आजै सपथ खुवाउने तयारी नभएको बताए। सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि  मनाङेले आफूलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिएर 

null

गत बिहीबार गुरुङले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएको थिएन। 

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए। गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उमेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उमेद्वार गुरुङ निर्वाचित भएका थिए। तत्कालिन नेकपा एमालेकी उमेद्वार खाण्डा लामा गुरुङले उमेद्वारी फिर्ता लिँदै समर्थन गरेपछि मनाङे विजयी भएका थिए। गुरुङलाई सपथ खुवाउनु पर्नेमा नेकपाका सांसदहरु छन् भने प्रतिपक्षी कांग्रेसले सपथ खुवाउन नमिल्ने बताउँदै आएका छन्। 

यसअघि प्रतिनिधि सभामा कैलाली -१ बाट निर्वाचित भएका तर टीकापुर घटनामा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई बिहीबार सपथ खुवाइएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =