नागढुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ 

 

माघ ७, काठमाडौ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरी २ नागढुंगा स्थित चेक जाँचको क्रममा बिरगंज बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ७५७७ नम्बरको यात्रुबाहक बस वाट लागुऔषध सहित पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज वडा नं १ घर हुुने वर्ष १८ को लड्डु साह र जिल्ला बारा कलैया नगरपालिका ७ घर हुुने वर्ष २४ को राजिब क्षेत्री भन्ने अमर खड्का रहेका छन् । 

null

प्रहरी नायव उपरीक्षक थापाकाले उनिहरूको साथवाट लुकाई छिपाई लिई आएको लागु औषध डाईजेल्याब २१ एम्पल, फेनारगन २१ एम्पल र नुफिन २१ एम्पल फेला परेको वताए । 

पक्राउ गरेका साहा र खड्का विरूद्व थप अनुसन्धान पश्चात् लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =