मदनकृष्णको त्याे कुरा, जसले रूवायाे डोरेसलाई

 

माघ १३, काठमाडौँ । नेपाली हास्य व्यंग्यका पिता तथा ‘मह’का मदनकृष्ण श्रेष्ठ र सर्वप्रिय सदाबहार कलाकार किरण केसीको विशेष उपस्थितिमा NepGasm ले आफ्नो पाँचौँ संस्करणको Stand-Up कमेडी सम्पन्न गरेको छ । 

Stand-Up कमेडीमा लोकप्रिय गायकद्वय सत्य राज आचार्य, स्वरुप राज आचार्य, नेपाली फुटबलका स्टार स्ट्राइकर रोहित चन्दको पनि उपस्थिति रहेको थियो । 

null

NepGasm ले टिकट बिक्रि तथा आफ्नो प्रचारप्रसारमा दुवै मूर्धन्य कलाकार मदनकृष्ण श्रेष्ठ र किरण केसी उपस्थित हुने कुरा सार्वजनिक गरेको थिएन । 

हलमा उपस्थित सम्पूर्ण दर्शकले जब अचानक आफ्नो सामु लोकप्रिय कलाकारलाई देखे तब हलमा बेग्लै खुशी र उल्लासको आवाज आउन थाल्यो । दुवै कलाकारले उठेर दर्शकदिर्घामा अभिवादन व्यक्त गरेसँगै लामो समयसम्म तालीको गडगडाहट भइरह्यो, सिटी बजिरह्यो । कार्यक्रममा ‘मह’का ह अर्थात् हरीवंश आचार्य भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन् । 

 

NepGasm का डोरेस खतिवडा, लेखमणी त्रिताल, बिवेक उप्रेती, यूकेजी तथा सरोज भण्डारी बेग्ला बेग्लै प्रस्तुतिमा राजनीति, समाज लगायतका अनेक किस्सा प्रस्तुत गरेका थिए । साथै उनीहरुको व्यंग्यले राष्ट्रिय सभागृहमा भरीभराउ पाँचसय बढी युवाहरुको ताली, हाँसो र खित्काले हलको स्थिति भूईंचालो भन्दा कम थिएन । 

डोरेस खतिवडाबाट प्रारम्भ भएको यस Stand-Up कमेडीको समापन ‘रमेश अंकलको छोरो’ पात्र उपनामले परिचित लेखमणी त्रितलको प्रस्तुतिबाट सम्पन्न भएको थियो । यसअघि देशका धेरै ठाउँमा तथा यूट्यूब च्यानलबाट निरन्तर आफ्नो व्यंग्यात्मक प्रस्तुति दिंदै आएका कलाकारहरु नेपाली हास्य व्यंग्यका भगवान मदनकृष्ण श्रेष्ठको सामू आफ्नो कला प्रस्तुत गर्न पाउँदा हर्षित देखिन्थे । 

डोरेस खतिवडाको प्रस्तुति लगत्तै NepGasm का पाँचै जना कलाकारहरुले दुवै मूर्धन्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा किरण केसीको योगदानका लागि सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपछि कलाकार किरण केसीले दर्शकहरुको अपार उपस्थिति र नयाँ कलाकारहरुको काम देखेर साह्र्रै हर्षित भएको र नेपाली हाँस्यव्यङ्गको डोरी नयाँ पुस्ताले मज्जाले हाँक्नसक्ने कुरा विश्वास व्यक्त गरे । 

 

उपस्थित दर्शकहरुको सम्मानमा उनको अघिल्लो चलचित्र शत्रुगतेको सुपरहिट गीत रुपै मोहनी र पातलीलाई नक्कलीलाई कसरी बे गरुँ गीत उनैले मज्जैले गाईदिए भने भर्खरै मात्र मह संचारको प्रस्तुतिमा सार्वजनिक भएको सुदन केसीद्वारा निर्देशित किरण केसीको आगामी चलचित्र ‘दालभात तरकारी’ को पहिलो गीत ‘भिजिट भिसामा’लाई आम दर्शकले मन पराइदिएकोमा धन्यवाद ज्ञापन गरे । 

सम्मान ग्रहणपछि आफ्नो मन्तव्यको क्रममा आदरणीय कलाकार मदनकृष्ण श्रेष्ठले ‘मैँले त यो सम्मान कलाकारहरुलाई दिने होला भन्ठानेको त मलाई पो सम्मान गरे त ! यो पनि तरिका हो ? भन्दै डोरेशकै कमेडी पञ्च सापट लिएपछि हलमा फेरी एकपटक हाँसोको फोहोरा छुट्यो । 

यति भन्दै गर्दा छेवैमा रहेका डोरेस खतिवडाको आँखामा आँसुले भने ठाउँ छाड्यो, उनले आफूलाई थाम्न सकेनन् र भक्कानिएर रुन थाले । यो सब हेरीरहेका मदनकृष्ठ श्रेष्ठले फेरी थपे, ‘यो पनि एउटा तरीका नै रैछ । हास्यव्यंग्य यहाँ पुगीसक्या रैछ । वहाँहरुका लागि दर्शकहरुको उपस्थिति देखेर म छक्क परेको छु ।’ 

 

रमाइलो त के भने अधिकांश कलाकारका आमाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । आफ्ना छोराहरुको कामलाई मनपराउने दर्शकहरुले भरीभराउ हलमा बेलाबेला आँखा डुलाउँथे उनीहरु । लेखमणी त्रितालले आमालाई देखाउँदै भने, ‘देख्नुभो त म कसरी मोटाउँदै छु यत्रो दर्शकहरुले मलाई माया गर्छन् । यही हो यसको कारण अब यत्रो स्टार छोरोलाई अब तैंले पढ्नु पर्दैन, कत्ति सुति रहेको भन्ने हैन छोरोले गर्छ बुझ्नुभो?’ भन्दै गर्दा आमाको अनुहारमा मुर्छा नहुञ्जेलको हाँसो थियो । 

कलाकार सरोज भण्डारी (झक्कास झापाली) ले आफ्नो प्रस्तुतिका दौरान दर्शकहरुलाई आफूहरुले त अहिले प्राईमरी कक्षा सञ्चालन गरिरहेको बताए । ‘वहाँहरु (कलाकार मदनकृष्ण श्रेष्ठतर्फ देखाउँदै) त साक्षात युनिभर्सिटि हुनुहुन्छ । यहाँको आशिर्वाद सहितको गरिमामय उपस्थितिले हामीलाई अघि बढ्ने हौसला मिलेको छ’, उनले भने । उनले यसो भनिरहँदा सिटि बजिरह्यो ताली गुञ्जीरह्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *