अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण हुँदा कम्तीमा ६५ को मृत्यु

 

माघ ८, अफगानिस्तान । अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो । 

गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराइएको थियो । त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ । 

null

‘हामीले सोमबार ६५ जनाको शब निकाल्यौं,’ वार्दाक प्रान्तका प्रान्तीय परिषदका उपप्रमुख मोहम्मद सरदार बखयारीले बताए । 

आफ्नो नाम बताउन नचाहने एक जना उच्च सुरक्षा अधिकारीले आक्रमणबाट ७० जनाभन्दा बढी मारिएको हुनसक्ने बताए । 

सोमबार प्रान्तीय अधिकारीहरुले उक्त आक्रमणबाट १२ जना मात्र मारिएको बताएका थिए । तर, केही सञ्चार माध्यमले १०० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक गरेका छन् । 

राष्ट्रिय सुरक्षा विभाग (एनडीएस) को तालिम केन्द्रमा आक्रमण भएकाले मृतकको वास्तविक संख्या बाहिर आएको छैन । राजधानी काबुलबाट करिब ५० किलोमिटर दक्षिणको मैदान शाहरमा उक्त तालिम केन्द्र रहेको छ । 

आक्रमणबाट तालिम केन्द्रको भवनको छाना आंशिक ध्वस्त भएको देखिएको छ । आक्रमणकारी पनि जवाफी कारबाहीमा मारिएका छन् । वार्दाक प्रान्तीय परिषदका सदस्य अब्दुल वाहिद अक्बरजाईले भवनको छाना ढलेकाले सबैभन्दा बढी क्षति भएको बताए । 

‘यो ठूलो क्षति हो,’ परिषदका प्रमुख अख्तर मोहम्मद ताहिरीले बताए । ’एनडीएस सैन्यबल अफगान प्रहरी र सेनाको तुलनामा निकै राम्रो तालिमप्राप्त एवं हातहतियारबाट सुसज्जित हुन्छन् ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =