अष्ट्रेलिया जानेहरुका लागि विराटनगरमा परामर्श सेवा

 

बिराटनगर, पुस २२ । उच्च शिक्षाकालागि अष्ट्रेलिया जान चाहाने इच्छुक विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यले आइतबारदेखि बिराटनगरमा परामर्श सेवा सञ्चालनमा ल्याइएको छ । 

स्थानिय महेन्द्रचोकमा संचालनमा ल्याइएको नेक्सट टर्म एजुकेशन एण्ड भिसा सर्भिसेसको बिराट सेवा आश्रमका संचालक जगतप्रसाद अज्र्यालले उदघाटन गरे । अस्ट्रेलियाको सिडनीमा हेड अफिस रहेको सो परामर्श सेवा केन्द्रले विद्यार्थीलाई अध्ययन सम्बन्धि परामर्श सेवा दिनुका साथै अंग्रेजी भाषाको कक्षा समेत संचालन गर्ने संचालक अनिस रिजालले जानकारी दिए । 

null

सो कम्पनी अष्ट्रेलिया सहित नेपालमा समेत कम्पनी रजिष्ट्रार कार्यालय र शिक्षा मन्त्रालयबाट स्वीकृती प्राप्त संस्था रहेको जनाइएको छ । उक्त परामर्श सेवाले चितवन र पोखरामा यसअघि देखिनै सेंवा संचालनगर्दै आएको छ । 

हाल देशभरिमा ३२ सय परामर्श सेवा संचालनमा रहेपनि ती मध्ये १२ सय मात्र सम्बन्धित निकायबाट स्विकृती प्राप्त रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =