२२ महिना पछी अनुषाको हत्यारालाई जन्मकैदको फैसला

 

माघ १, धरान । २२ महिना अगाडि बलात्कार पछी हत्या भएकी धरान उपमहानगरपालिका–१६ की १३ वर्षिय बालिका अनुषा राईको हत्यारालाई जन्मकैदको फैसला सुनाईएको छ । उनलाई धर्मपुत्रीका रुपमा पाल्दै आएका उनका धर्मपिता बलिमान राई र बलिमानका श्रीमती पदमकुमारी राई मिली हत्या गरेका थिए । 

अनुषालाई धर्मपिताले बलात्कार पछि २०७३ फागुन १६ गते हत्या गरेका थिए । हत्यारा दुबैलाई जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले जन्मकैदको सजाय को फैसला गरेको हाे । 

null

जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले मुलुकी ऐन ज्यानसम्बन्धी महल अनुसार दुवै जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =