ट्रम्पलाई टक्कर दिन चाहन्छिन् यी अमेरिकी महिला

अमेरिकाको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा उनको दल डेमोक्र्याटिकको तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्दैछिन्। 

३७ वर्षीया तुलसी गबार्डको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो। २१ वर्षको उमेरमा अमेरिकामा सबभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास उनले रचेकी थिइन्। 

राज्यका सिनेटर माइक गबार्डकी छोरी तुलसीले आफ्नो पहिलो कार्यकालमा स्वच्छ ऊर्जाको प्रवर्धन गर्दै स्वच्छ तथा सौर्य ऊर्जाका निम्ति आवश्यक उत्पादनलाई कर छुट दिने कानून बनाउने विषयलाई समर्थन गरेकी थिइन्। 

null

त्यसपछि उनी हवाई आर्मी नेशनल गार्ड सर्विसमा सामिल भएर एक वर्षसम्म इराक युद्धमा होमिइन्। सन् २०१५ मा अमेरिकी सेनाको मेजर पदमा पुगेकी उनको वर्तमान समयमा पनि सेनासँग सम्बन्ध रहेको छ। 

उनले अमेरिकी राष्ट्रपति पदमा आफ्नो दाबेदारी पेश गरे लगत्तै भारतमा उनी ट्विटरमा चर्चित बनिन्।तर वास्तवमा भारतसँग उनको कुनै प्रत्यक्ष नाता छैन।उनको आमाबुवा पनि भारतीय मूलका होइनन्। 

तर हिन्दू धर्मावलम्बी भएका कारण अमेरिकामा रहेका भारतीय समुदायले उनको समर्थन गर्ने गर्छ।त्यसमाथि तुलसीको नाममा अमेरिकी संसदमा पुग्ने पहिलो हिन्दूको रेकर्ड पनि रहेको छ। 

गत वर्ष अमेरिकी न्यूज च्यानलको एउटा कार्यक्रममा हिन्दूहरूको विरोधमा एक टिप्पणी गरिएपछि उनले कडा विरोध जनाएकी थिइन्।       -बिबिसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =