क्रिकेट टिमलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘नेपाललाई गौरवशाली सफलता’
२०७५ माघ १५ गते

माघ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज जितेको नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।
राष्ट्रिय क्रिकेट टीमले एक दिवसीय क्रिकेट श्रृंंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएको भन्दै प्रधानमन्त्रीले बधाई दिएका हुन् । साथै उनले खेलकुद क्षेत्रको विकासका लागि सरकारले ध्यान दिने विश्वास पनि व्यक्त गरेका छन् ।
null
ट्वीटरमा बधाई दिँदै प्रम ओलीले लेखेका छन्, ‘एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई ! अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ। खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।’
२०७५ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित








